राक्सिराङमा सञ्चालित परियोजनाबारे नारी सीपको अन्तरक्रिया
पौष, हेटौडा (राक्सिराङ) – नारी सीप सिर्जना केन्द्र नेपालले राक्सिराङ गाउँपालिकामा सञ्चालन गरिरहेको मकवानपुरमा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजनाबारे छलफल तथा अन्तरक्रिया गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि परियोजनाअन्तर्गत सन २०२३ मा सञ्चालित विभिन्न कार्यक्रमहरुको बारेमा छलफल तथा बिश्लेषण गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा परियोजनाअन्तर्गत सञ्चालित सचेतनामुलक तथा जिविकोपार्जन सम्बन्धि कार्यक्रमहरुबारे चर्चा गरिएको थियो । केन्द्रका कार्यक्रम संयोजक ज्योति बम्जनले सन २०२३ मा सम्पन्न गरिएको विभिन्न सचेतनामुलक तथा जिविकोपार्जन सम्बन्धि कार्यक्रमको उद्धेश्य, लागत र उपलब्धिबारे स्पष्ट पार्नुभएको थियो । उहाँले गाउँपालिका तथा...