बागमती प्रदेशको मन्त्रिपरिषद्ले पायो पूर्णता
जेठ, हेटौंडा – बागमती प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार कांग्रेसका ४ र एकीकृत नेकपा समाजवादीका २ सहित ६ जना मन्त्री नियुक्त गरे सँगै मन्त्री मण्डलमा १२ जना भएका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा आइतबार नै नियुक्त भएका मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ गराएका छन् । प्रदेश प्रमुख शर्माले कांग्रेसका तर्फबाट नवनियुक्त मन्त्रिहरु पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशीले स्वास्थ्य मन्त्रालय र मसिना खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् भने रामकृष्ण चित्रकारले विना विभागीय मन्त्रिको रुपमा...