अपाङ्गता भएका बिद्यार्थीलाई थाहा नगरद्वारा छात्रबृत्ति प्रदान
जेठ, हेटौडा (थाहा नगर) – उत्तरी मकवानपुरको थाहा नगरपालिकाका बिभिन्न सामुदायिक बिद्यालयमा अध्ययनरत अपांगता भएका ४५ जना बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ । नगरपालिकाको लक्षित बर्गको बजेट अन्तर्गत बिहीबार एक कार्यक्रमका बिच बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीका साथ प्रति बिद्यार्थी नगद ३ हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो । थाहा नगरपालिका सामाजिक बिकास समितिको निर्णय अनुसार महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण शाखाले नगरका १३ वटा विद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको शाखा प्रमुख प्रतिमा मोक्तानले बताउनुभयो । थाहा ३ को बिकास घरमा आयोजित एक समारोह बीच झोला र...