प्रदेशको बजेटप्रति हेटौंडाका वडाध्यक्षको आपत्ति

असार, हेटौंडा – बागमती प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको बजेटप्रति हेटौँडा उपमहानगरपालिकाका वडा अध्यक्षहरुले आपत्ति जनाएका छन् । प्रदेशको राजधानी भएको उपमहानगरकै वडाहरुलाई उपेक्षा गरेर बजेटमा कुनै पनि कार्यक्रम नसमेटिएको भन्दै उनीहरुले शनिबार हेटौंडामा पत्रकार सम्मेलन नै गरेर आपत्ति जनाएका हुन् । वडाध्यक्षहरुले प्रदेश सरकारले राजधानी हेटौंडाको विकास निर्माणको लागि कुनै बजेट विनियोजन नगरेको भन्दै आपत्ती जनाएका हुन् । वडाध्यक्षहरुले हेटौंडामा हुने सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीहरु सहभागि भए उनीहरुलाई कालो झण्डा देखाउँदै बहिष्कार गर्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा १४ का वडाध्यक्ष दीपक खड्काले राजधानीको...