बजारीकरणको लागि काेदाेको पिठाे सार्वजनिक
असार, हेटौडा (मकवानपुर गढी) – मकवानपुर गढी गाउँपालिकाले रैथानेबालीको प्रबर्द्धन गर्दै आएको कोदोको पिठो बजारीकरणको लागि सार्बजनिक गरेको छ । २० औ राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार पालिका अध्यक्ष दोर्जे लामा स्याङ्गतानले कालीखाेला काेदाे पिठाे बजारीकरणका लागि सार्बजनिक गर्नुभएकाे हो । संघीय सशर्त रैथानेबाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिकाकाे सहयाेगमा ४ नम्बर वडा स्थित अपाङ तथा विपन्न कृषि सहकारी संस्था मार्फत काेदाे संकलन, भण्डारण, प्रशाेधन, लेबलिङ, प्याकेजिङ र बजारीकरणकाे कार्य गर्ने कालीखाेला काेदाे ब्रान्डकाे काेदाेको पिठाे एक केजीकाे प्याकेजिङमा बजारीकरणकाे लागि सार्बजनिक गरिएको छ। उक्त पिठोको प्रति केजी १...