अतिथिलाई कोसेली तरकारबीको पोको
भदौ, हेटौँडा (थाहा नगर) – अतिथिलाई स्वागत र सम्मान गर्दै माला, खादा, टोपी, ब्याच लगाउने गाउँदेखि सहरसम्मको प्रचलन छँदै छ । कार्यक्रम समापनको समयमा पनि विशेषतः प्रमुख अतिथि र कतिपय कार्यक्रममा अतिथिलाई मायाको चिनो वा सौगात दिने क्रम बढ्दो छ । प्रमुख अतिथिलाई दिने मायाको चिनो राम्रो दिनु पर्छ भन्ने आम मान्यता र प्रचलन छ । अझ उद्योगी व्यवसायीको कार्यक्रमका सहभागी अतिथि र प्रमुख अतिथिलाई दिने मायाको चिनो त सामान्य होइन विशिष्ट नै हुन्छ भन्नु स्वाभाविक नै हो । मकवानपुरको थाहा नगरपालिकामा भने यो पटक मायाको चिनो दिने फरक शैली र प्रयोग भएको...