जनता माझ जान कार्यकर्तालाई निर्देशन
भदौ, हेटौंडा – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकरले आगामी १६ भदौदेखि सुरु गर्न लागेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ तीन महिने कक्षाको रुपमा लिइएको बताएका छन। जिल्ला समन्वय समिति मकवानपुरको हेटौंडामा भएको पूर्ण बैठकलाई सम्बोधन गर्दै जनता साथमा भएमात्रै माओवादी अगाडि बढ्न सक्ने स्पष्ट पारे । “शान्ति प्रक्रियामा गएपछिको यो अभियान पहिलो कक्षा हो, अहिले हामी पहिलो सेमेष्टमा जादै छौं,” उनले भने । तीनमहिने अभियानले माओवादीको संगठनहरूलाई ‘सर्भिसिङ’ गर्ने उनले बताए । माओवादी पार्टी जनतासँग जोडिएर जानुपर्नेमा जोड दिर्दै उनले कार्यकर्ताहरुलाई जनता...