तिन नम्बर प्रदेशमा दुइ बिधेयक प्रमाणीकरण

हेटौडा – तिन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को बमोजिम प्रदेशसभाबाट पारित भई आएका दुई विधेयकलाई आइतबार प्रमाणीकरण गरेकी छिन् । उनले प्रमाणीकरण गरेको विधेयकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशसभामा सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७६ रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।