माओवादीका रविनले सुरु गरे एजेण्डा सहितको घरदैलो अभियान
हेटौंडा । ०६कात्तिक/आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका रबिकुमार प्रधान(रविन)ले घरदैलो अभियान सुरु गरेका छन् । बिहीबार बिहान हेटौंडा १२ को हात्तीगौंडाबाट घरदैलो अभियान सुरु गरिएको उपनिर्वाचन कमाण्डर बीरबहादुर घलान ‘ज्वाला’ले बताए । स्थानीय वडाबासीसंग समग्र वडाको विकासका लागि अन्तरक्रियासंगै मत र आशिर्वाद लिन घरदैलो अभियान गरिएको वडाध्यक्ष पदका उम्मेद्वार प्रधानले बताए । उम्मेद्वार प्रधान आफ्ना बिभिन्न एजेण्डासहित घरदैलोमा होमिएका छन् । प्रधानका कक्षा १२ सम्म निशुल्कसहित प्राविधिक शिक्षालय स्थापनामा जोड दिई उच्च शिक्षामा छात्रबृत्तिको प्रवन्धसहित...