कुलमान घिसिङको पुनःनियुक्ती नगरेको विरोधमा धरानमा प्रर्दशन
भदौ, धरान – नेपाल विद्युत प्राधिकरणको निबर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ती नगरेपछी त्यसको विरोधमा बुधबार धरान भानुचोकको लोकतान्त्रिक चाैतारीमा दिउँसो प्रर्दशन भएको छ । धरानका स्थानियहरूले स्वतन्त्र रूपमा प्लेकार्ड सहित प्रर्दशन गरेका हुन । उनीहरुले बोकेको प्ले कार्डमा उज्यालो विरोधी होशियार विद्युत माफिया मुर्दावाद, भ्रष्टहरू पटक पटक कुलमान किन एकै पटक, हट्यो देशको तुवाँलो कुलमान देशको उज्यालो लगायत लेखिएको प्ले कार्डका साथ प्रदर्शनमा उत्रिएका थिए । कुलमानको ४ वर्षिय कार्यकालमा नेपालमा भइरहेको १८ घण्टे लोडसेडिङ अन्त्य भएको साथै विधुत प्राधिकरणलाई नाफामा लैजान समेत सफल भएको थियो ।...