समानुपातिकतर्फ १ करोड ३ लाख ८२ हजार मत गन्दा, कुन दलले कति पाए ?

मंसिर, काठमाडौं – प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणाली तर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले २७ लाख ७३ हजार ९९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मतसहित दोस्रो स्थानमा रहेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१ मत, जनता समाजवादी पार्टी...