बागमती प्रदेशमा मुख्यमन्त्री जमकट्टेल र दुइ मन्त्रीले लिए सपथ

पुष, हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । मंगलबार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा जमकट्टेललाई सपथ ग्रहण गरेका हुन् । सपथग्रहण गरे सँगै मुख्यमन्त्री जम्कट्टेल प्रदेको चौथो मुख्यमन्त्री बनेका छन् । यस अघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री भैसकेका छन् । उहाँ प्रदेशसभाको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुन मन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा काम गरिसक्नु भएको छ । जम्मकट्टेललाई प्रदेशसभामा ५ दलका ७० सांसदको समर्थन छ । यस्तै, प्रदेश प्रमुख शर्माले एमालेका संसदीय दलका...