क्रान्तिकारी माओवादीको प्रदेश सचिवालय सदस्य सहित १७ जना नेकपा माओवादी केन्द्रमा प्रवेश

माघ, हेटौडा – मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओबादी र बिपी कांग्रेस सहितको नेता कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेको छ। नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको कार्यालयमा आइतबार बिहान पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्दै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा मकवानपुरकी ईन्चार्ज कुमारी मोक्तानले क्रान्तिकारी माओवादीको प्रदेश सचिवालय सदस्य, प्रदेश सदस्य एवम् जिल्ला सह इन्चार्ज, जिल्ला सचिवालय सदस्यहरु लगायत बिपी कांग्रेसबाट समाहित भएका नेता कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रमा स्वागत गर्नु भएको हो । नेकपा क्रान्तिकारी माओवादीको सागर उप्रेतीको नेतृत्वमा १६ जना र बिपी कांग्रेसबाट १ जना गरि...