‘विप्लव’ नेतृत्वको मकवानपुर इञ्चार्ज ज्वालाद्वारा पार्टी परित्याग (विज्ञप्ती)

पुस ७, हेटौंडा – नेत्रविक्रम चन्द “विप्लव” नेकपा मकवानपुरका इन्चार्ज विरबहादुर घलान “ज्वाला” हिरासत मुक्त भएका छन् । उनले आइतबार बिज्ञप्ती जारी गर्दै “विप्लव” नेतृत्वको पार्टी परित्याग गरेको घोषणा गरे सँगै हिरासत मुक्त भएका हुन् । उनलाई विभिन्न मुद्दामा दोषी देखाउँदै गत चैत्र २९ गते जिल्ला प्रहरी कार्यालय, मकवानपुरले पक्राउ गरी पुर्पक्षको लागि भीमफेदी कारागारमा पठाएको थियो । केही दिनअघि उनी छुटेपनि फेरि पक्राउ परेका थिए । अब स्वतन्त्र रूपमा रहने भन्दै उनीसँगै मनहरी २ बस्ने राजकुमार पाख्रीन, थाहा नगरपालिका-८ बस्ने सुरज थिङले विप्लव नेतृत्वको पार्टी परित्याग गरेको विज्ञप्तिमा...