आर्थिक वर्ष २०७७/७८ को बजेट साढे १५ खर्वको हाराहारीमा ल्याउने तयारी

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई केन्द्रित गरी आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट १५ खर्ब ५० अर्ब हाराहारीमा ल्याउने अर्थमन्त्रालयले अन्तिम तयारी गरेको छ । बजेटले स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रमा बिशेष प्राथमिकता दिने भएको छ । सरकारको अनाश्यक र फर्जुल खर्च घटाउन सबैतिरबाट आएको दवावका कारण आगामी बजेटमा संसद विकास कोषको रकम कटौती र अनावश्यक खर्च समेत घटाउने तयारी गरिएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ बजेटमा नयाँ महत्वाकांक्षी र ठूला आयोजनाहरु समावेश नगरिने भए पनि पूराना, सम्पन्न हुन बाँकी रहेको बिकास आयोजनाहरुलाई भने निरन्तरता दिने...