विवाद समाधानको लागि अध्यक्षद्वयलाई जिम्मा

असार, काठमाडौँ – दोस्रो तहका नेताहरू सम्मिलित छलफलले ठोस निचोड निकाल्न नसकेपछि पार्टीभित्रको विवाद समाधानका लागि अब नेकपा अध्यक्षद्वयले नै संवाद गर्ने भएका छन् । पहिलो चरणमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बिहान करिब डेढ घण्टा छलफल भएको थियो । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार सहमतिका लागि अध्यक्षद्वयले निरन्तर छलफल गर्ने र आवश्यक परे वरिष्ठ नेताहरूलाई पनि छलफलमा सहभागी गराउने सहमति दुई अध्यक्षबीच भएको छ । ‘बल्ल आजदेखि छलफलको क्रम सुरु भयो, तिक्तता र असहमति मेटाउनका लागि सघन कुराकानी गर्न दुवै...