माधव नेपाल सहित २० जनालाई स्पष्टीकरण सोध्ने निर्णय

बैशाख, काठमाण्डौ – नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा जारी बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल सहित २० जनालाई चेतावनी युक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्पष्टीकरण चित्तबुझ्दो नभए १० वैशाखमा बस्ने बैठकबाट कारबाही गर्ने एक नेताले जानकारी दिए ।