प्रतिनिधिसभामा आज मतदान हुँदै, प्रधानमन्त्री ओलीले विश्वासको मत कति पाउला ?

बैशाख, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै छ। आजको संसद बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ । यसअघि सम्पन्न कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको हो । बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेकाले प्रतिनिधिसभा बैठक बस्न आवश्यक रहेको व्यहोराको पत्र यसअघि नै राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पठाएको छ ।...