आज बालुवाटार छाड्दै ओली, कार्यकर्ताले ‘स्कर्टिङ’ गरेर बालकोट पुर्‍याउने

असार, काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार छाड्दै हुनुहुन्छ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त हुनुभएको थियो । देउवा प्रधानमन्त्री भएसँगै ओली ४० महिनापछि बालुवाटारबाट बाहिरन लाग्नु भएको हो । ओली आज बिहान ११ बजे बाहिरिने बताइएको छ । ओलीलाई एमालेको युवा सदस्ता युथफोर्सको स्कर्टिङमा नीजि निवास बालकोट पुर्याउने तयारी गरिएको छ । दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पुर्याइने एमालेका युवा नेता महेश बस्नेतले दावी गर्नुभएको छ ।