प्रतिगमनको खतरा कायमै रहेको माओवादी केन्द्रीय समितिको निष्कर्ष

साउन, काठमाण्डौ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकालेको छ । शुक्रबारबाट सुरु बैठक शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक र विधान संसोधन प्रस्ताव सर्वसम्मत पारित भएर सकिएको नेता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए । साथै बैठकले विधान संशोधन र समसामयिक प्रतिवेदन पनि पास गरेको जानकारी श्रेष्ठले दिए । बैठकमा पेश भएको अध्यक्षको प्रतिवेदनमा खासगरी आजको राजनीतिक कार्यभार र पार्टीको सांगठनिक अवस्थाबारे निर्दिष्ट गरेका नेता श्रेष्ठले जानकारी दिए । ‘खासगरी प्रतिगामी खतरा कायमै रहेको र सजग भएर अघि बढ्नुपर्ने, राष्ट्रिय एकताका लागि...