नेतृत्व तहले १० बुँदेको पूर्ण पालना गर्नुपर्छ – मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

भदौ, काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी एकताको लागि नेतृत्व तहले १० बुँदेको पूर्णपालना गर्नुपर्ने बताएकी छन् । एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाक्यले आफू सदैव एकताको पक्षमा रहेको स्पष्ट पार्दै नेतृत्व तहले १० बुँदेको पूर्णपालना गर्नुपर्ने बताएकी हुन् । शाक्यले केही शक्तिले एमालेलाई कमजोर बनाउन खोजिरहेको आरोप पनि लगाइन् । अहिलेको अवस्थाबाट पार्टीले नोक्सानी व्यहोरेको भन्दै उनले नेतृत्वभित्रको बेमेलको कारण पार्टी एक हुन नसकेको बताइन् । आफूभित्र लडेर पार्टीलाई फाइदा नहुने भएकाले सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने...