जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा

भदौं, काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन् । अध्यक्ष यादव निकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल बिस्तार गरे पहिलो चरणमा दुई जनाको मात्रै नाम दिने सोच उनले बताएका छन् । दोस्रो चरणमा चार जनाको नाम दिने भएका छन् । देउवाले एकै चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने भए भने एकै पटक ६ जनाको नाम दिने तयारी भएको स्रोतले बतायो । पहिलो चरणमा विवाद नहुने गरी दुई नेताको नाम सिफारिस गर्ने तयारी भएको यादवनिकट स्रोतले बतायो...