सत्ताबाट बहिर्गमनपछि ओलीको अराजक गतिविधि विरुद्ध विद्रोह गर्न आवश्यक रहेको – इन्चार्ज मोक्तान

असोज, हेटौडा (मनहरी) – नेकपा माओवादी मकवानपुरका इन्चार्ज कुमारी मोक्तानले अध्यक्ष प्रचण्डकै कारण देशमा एमसीसी रोकिराखेको र भविष्यमा पनि एमसीसी पास गर्न नदिने बताए । सत्ताबाट बहिर्गमन पछि एमाले अध्यक्ष ओलीले नौटंकी गरि ठुलो-ठुलो स्वरमा प्रचण्डको सिको गरि सस्तो लोकप्रियता पाउनका लागि एमसिसि बिरुद्ध प्रचण्डसंग हाते मालो गर्न खोजिरहेको बताए । ओलिको अराजक गतिविधिका विरुद्ध पार्टीबाट विद्रोह गर्न आवश्यक रहेको सम्पुर्ण जनतालाई एकजुट हुनु पर्ने बेला आएको मंगलबार मनहरी गाउँपालिका वडा नम्बर-५ मा आयोजित वडा कमिटीको भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथी समेत रहनुभएकी मोक्तानले उक्त कुरा बताउनुभएको हो ।...