माओवादी नेता पुनलाई उपचारका लागि बैंकक लगिँदै

असोज, काठमाण्डौ – सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तको थप उपचार गर्न थाइल्याण्डको बैंकक लगिने भएको छ। जन्डिस देखिएर सोमबार अस्पताल भर्ना भएका उनलाई उपचारका लागि बैंकक लगिन लागिएको हो। पहिले उपचार गरेकै अस्पतालमा उपचारका लागि उनलाई बैंकक लान लागिएको हो । जण्डिस देखिएपछि समस्या भएलगत्तै पूर्व अर्थमन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। उनी माओवादी केन्द्रको कार्यक्रममा भाग लिन लुम्बिनी प्रदेश गएका बेलादेखि बिरामी परेका थिए । सुरुमा ज्वरो आएपछि अस्वस्थ भएका उनको अस्पतालमा परीक्षण गर्दा जण्डिस पुष्टि भएको थियो। पहिले पनि वर्षमानलाई जण्डिस देखिएको...