अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष सहित ६ जना पार्टीको केन्द्रीय सदस्य

असोज, काठमाडौं – पञ्चा सिंह अखिल (क्रान्तिकारी) अध्यक्ष बनेपछि माओवादी केन्द्रले क्रान्तिकारीका पूर्वअध्यक्ष सहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको    छ । आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकले क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ सहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको हो । अध्यक्ष प्रचण्डले पञ्चा सिंहलाई क्रान्तिकारीको अध्यक्ष बनाएपछि अरु नेताहरूलाई पार्टी सदस्य बनाएर नेताहरूको व्यवस्थापन गरेका हुन् । पूर्वअध्यक्ष तामाङ सहित सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतमलाई माओवादी केन्द्रको केन्द्रीय सदस्य बनाइएको हो । उनीहरूले आजैका मितिदेखि पार्टी...