मकवानपुरबाट एमाले महाधिवेशनको लागि २ हजार मोटरसाईकल, ५ सय सुमो र २ सय बस सहितको र्याली लगिने

मंसिर, हेटौँडा – मंसिर १० गते चितवनको नारायणगढमा हुने नेकपा एमालेको १० औँ राष्ट्र्रिय महाधिवेशनको उद्घाटन सत्रको लागि मकवानपुरबाट २ हजार मोटरसाईकल, ५ सय सानो सबारी तथा २ सय वटा बस सहतिको र्याली मकवानपुरबाट लगिने भएको छ । महाधिवेशनको लागि एमाले मकवानपुरले निर्माण गरेको प्रचार समितिले सोमबार हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचार समितिका संयोजक नविन सिग्देलले मकवानपुरबाट ब्यापक जनसहभागिता रहने बताए । महाधिवेशनको प्रचारको लागि एमाले मकवानपुरको विभिन्न भातृ संगठन तथा पार्टी कमिटिले मकवानपुरको रातोमाटेबाट मनहरीसम्म दुई दर्जन भन्दा धेरै स्वागत गेट निर्माण गर्ने, हेटौँडामा डिजिटल डिसप्ले मार्फत...