हेटौडा उपमहानगर ६ मा विभिन्न पार्टी परित्याग गरी सात दर्जन माओवादीमा प्रवेश

मंसिर, हेटौडा – नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को वडा सम्मेलनमा एमाले सहित विभिन्न पार्टी परित्याग गरी सात दर्जन बढी माओवादीमा प्रवेश गरेका छन् । कार्यक्रममा नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी कमल सापकोटा, सुमित्रा मिजार, जीवन स्याङ्तान, लालबहादुर मगर, प्रकृति मानन्धर, सिताराम राई लगायत ९५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको वडा सम्मेलनले दिपक सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अनुराधा कोईराला, सचिवमा शोभा घिमिरे, कोषाध्यक्षमा निलाम्बर सापकोटा, सहसचिवमा सुमन लामा लगायत रहेका छन् । नेकपा...