बागमती प्रदेशमा टुक्र्याइयो मन्त्रालय

साउन, हेटौडा – मन्त्रालयको संख्या ११ बाट १२ पुर्‍याई ७७ दिनदेखि विनाविभागीय रहेका मन्त्री रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिने तयारी सत्तागठबन्धनभित्रको भागबन्डा मिलाउन बागमती सरकारले मन्त्रालय टुक्र्याएको छ । अहिले ११ वटा मन्त्रालय रहेकोमा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय थपिएको छ । सो मन्त्रालयमा लामो समयदेखि विनाविभागीयमन्त्री रहेका रामकृष्ण चित्रकारलाई नियुक्त गर्ने तयारी छ । चित्रकार ७७ दिनदेखि जिम्मेवारीविहीन छन् । माओवादीको केन्द्रीय बैठकका लागि काठमाडौंमा रहेका मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रदेश राजधानी हेटौँडा फर्किएलगत्तै चित्रकारले जिम्मेवारी पाउनेछन् । प्रदेश सभा निर्वाचनपछि एमालेसँगको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले प्रदेशको खर्च...