राप्रपाको गल्तीले एमाले, कांग्रेस र माओवादीले ठूलाे पार्टी हुने माैका पाए : लिङ्देन

पुष, काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गर्नुभएको छ । बिहीवार राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा जिल्ला कमिटीले काठमाण्डाैमा आयोजना गरेको नवनिर्वाचित अध्यक्षलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले एमाले, कांग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रूपमा जनताको अगाडि मुख देखाउन लायक नभएको बताउनुभएको हो । राप्रपाले विगतमा गल्ती गर्दा ती पार्टीहरू आकारको हिसाबले ठूलो भएको उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले जनताले देश र धर्मलाई शिरमा बोकेर हिँड्ने राप्रपा पार्टी नै खोजेको...