माओवादीको वैचारिक तथा राजनीतिक प्रशिक्षण सुरु

चैत्र, काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को बुधबारका लागि तय भएको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति, प्रवास समन्वय समिति वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित नेताहरु नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल, देवेन्द्र पौडेल लगायत नेताहरु सहभागी छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा माओवादीले वैचारिक तथा राजनीतिक प्रशिक्षणलाई तीव्रता दिएको छ ।