स्थानीय तह चुनाव : मनहरी गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षको दावी नछाड्ने

चैत्र, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मनहरी गाउँपालिका अध्यक्ष पदको उम्मेदवारीको दाबी गरेको छ । केन्द्रको निर्देशन अनुसार मनहरीमा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजबादी बिच गठबन्धन हुनेछ । गठबन्धनमा रहेका अन्य दलले अध्यक्ष पदको उम्मेवारीको दाबी गरे पनि मनहरीमा माओबादी केन्द्रले भने अध्यक्ष आफ्नो पार्टीको तर्फबाट हुनु पर्ने जिकिर गरिरहेका छन । अन्य पार्टी भन्दा माओबादी केन्द्र मनहरीमा माथि रहेको, जनचाहना अनुसार मनहरीलाई तिब्र रुपमा विकास गर्नका लागि बैज्ञानिक ढंगकोे स्मार्ट मनहरी निर्माणको योजना माओवादीमा...