स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ – अध्यक्ष नेपाल

चैत्र, कलैया – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाइने बताएका छन् । उनले स्थानीय तहमा गठबन्धन गरिने उल्लेख गरे । बाराको कलैयामा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकार नागरिकलाई अमन चयन दिलाउने दिशामा अग्रसर भई शान्ति र सुव्यवस्था कायम गर्दै अगाडि बढिरहेको प्रष्ट पारे । निर्धारित समयमा निर्वाचन हुनेमा आफू आशावादी रहेको उनको भनाइ थियो । नागरिता विधेयक सदनमा कानुनको अभावमा अड्किरहेको अध्यक्ष नेपालले बताए । राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन पारित गर्ने दिशामा प्रधानमन्त्री शेरबहादुर...