हेटौंडा उपमहानगरको उपमेयरमा गठबन्धनबाट जसपाको दाबी

बैशाख, हेटौंडा – पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा दाबी गरेको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा जनता समाजवादी पार्टीका नेता हरिहर खतिवडाले दाबी गरेका हुन् । हेटौंडा उपमहानगरमा जित र हारको निर्णायक मत आफुहरुसंग भएकोले गठबन्धनमा जसपाबाट उपमेयरमा आफ्नो दाबी रहेको नेता खतिवडाको भनाई छ । खतिवडा जसपा मकवानपुरको युवा नेतासंगै समाजवादी युवा संघ बागमती प्रदेश सचिव, समाजवादी टे«ड युनियन महासंघको केन्द्रिय सदस्य साथै समाजवादी औद्योगिक श्रमिक संघको केन्द्रिय उपाध्यक्ष समेत हुन् ।