बुथमा सुरक्षाको लागि वाइसिएल खटाइने

बैशाख, हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र निकट युवाहरुको संगठन वाईसिएल मकवानपुरले आसन्न स्थानिय चुनाव भय रहित बनाउन र शान्ति सुरक्षा कायम गर्नको लागि जिल्लाका बुथहरुमा वाइसिएल खटाउने भएको छ । वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीको अनुसार निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउनको लागि स्वयंसेवककोरुपमा वाइसिएललाई खटाउने भएको हो । जिल्लामा १ बुथ २५ युथ भन्ने नारासहित वाइसिएलले सुरक्षमा खट्न लागेको जनाउदै संयोजक ठकुरीले संबेदनशिल स्थानहरुमा भने ५० देखी ६० जना खटाइने बताउनु  भयो । निर्वाचनको मौन अबधी सुरु भएपछी भित्रीरुपमा गरिने चलखेल, नगद तथा मतदाताको अमुल्य मतलाई १...