राष्ट्रिय एकताको लागि हाम्रा चाडपर्वको विशिष्ट महत्व छ – प्रदेश प्रमुख शर्मा

कार्तिक, हेटौडा – बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर राष्ट्रिय एकता हासिल गर्न र समृद्धि प्राप्तीका लागि मौलिक चाडपर्वको विशीष्ट महत्व रहेको बताउँनुभएको छ । नेपालीहरुको महत्वपूर्ण पर्व बडा दशैं, तिहार, नेपाल संवत ११४४, छठलगायत चाडपर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख शर्माले यस्तो बताउनुभएको हो । यी चाडपर्वका सन्दर्भमा प्रदेश प्रमुख शर्माले आफ्नो सन्देशमा भन्नुभएको छ,‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।’ शर्माले हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक,...