सन्चारकर्मी चौलागाईं माओवादी केन्द्रमा प्रबेश

साउन, हेटौडा – युवा नेता तथा संचारकर्मी दामु चौलागाई माओवादी केन्द्रमा प्रबेश प्रवेश गरेका छन् । प्राइम टेलिभिजनको मकवानपुर संवाददाता समेत रहेका चौलागाई विभिन्न संघ सस्थामा सक्रिय हुनु हुन्छ । चौलागाईं सोमबार भएको मकवानपुर जिल्ला स्तरिय बैठकमा पार्टी प्रबेश गर्नुभएको हो । उहाँलाई माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, सह-इन्चार्ज नारायण दाहाल, सुर्य सुबेदी, बागमति प्रदेश अध्यक्ष सरल सहयात्री लगायतले स्वागत गर्नुभएको थियो । संचारकर्मी चौलागाईंले परिवर्तन सम्भब छ भने माओबादीबाटै सम्भब छ । अहिले भएको परिवर्तन माओबादीबाट नै भएको समेत बताउनुभयो । माओवादी केन्द्र...