मकवानपुरबाट वाइसिएलको केन्द्रिय सचिवमा पाख्रिन सहित सदस्यहरुमा ३ जना निर्वाचित

भदौं, हेटौडा – नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिवमा मकवानपुरको सुमन पाख्रिन (सौगात) निर्वाचित हुनु भएको छ । जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष समेत रहेका पाख्रिन दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सचिवमा निर्वाचित हुनुभएको हो। त्यस्तै मकवानपुरबाटै केन्द्रिय सदस्यहरुमा राजकुमार मोक्तान, अनिता स्याङ्बो (अनु) र बिशेष प्रदेशबाट नवराज थिङ चयन हुनु भएका छन् । गत भदौं ३ गते देखि सुरु भएको दोस्रो भेला भदौ ५ गते सम्पन्न भएको थियो । भेलाले वाइसीएलको अध्यक्षमा सुबोधराज शेर्पालीलाई निर्वाचित गरेको थियो । भेलाले...