मधेश प्रदेशका मुख्यमन्त्रीले गरे कांग्रेसका तीन मन्त्री बर्खास्त

असोज, जनकपुर धाम – प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार मन्त्री बर्खास्त गरेको भोलिपल्ट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिपरिषदका कांग्रेसका तीन मन्त्री बर्खास्त गरेका छन्। मधेश प्रदेश सरकारमा कांग्रेसका तीन मन्त्री थिए। भौतिक योजना मन्त्री रामसरोज यादव, महिला तथा बालबालिका मन्त्री वीरेन्द्र सिंह र खानेपानी मन्त्री ओमप्रकाश शर्मालाई शुक्रबार मुख्यमन्त्री राउतले बर्खास्त गरेका हुन्। मुख्यमन्त्री राउतले यी तीन कांग्रेसका मन्त्रीहरु बर्खास्त गर्न प्रदेश प्रमुख समक्ष सिफरिस गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। जसपा नेपाल फुटेर महन्थ ठाकुर पक्षले लोसपा गठन गर्दा जसपाले कांग्रेस सहित माओवादी र नेकपा एसको समर्थनमा...