सत्ता गठबन्धनको जित सुनिश्चित भैसक्यो – इन्द्रबहादुर बानियाँ

कार्तिक, हेटौडा – नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा मकवानपुर निर्वाचन क्षेत्र २ (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धन दलका उम्मेदवारहरुको जित सुनिश्चित भैसकेको बताउनु भएको छ । बुधबार हेटौडामा आयोजित भेलालाई सम्बोधन गर्दै बाँनियाले सत्ता गठबन्धनको जित सुनिश्चित भैसकेको बताउनु भएको हो। माओवादीले काँग्रेसलाई, काँग्रेसले माओवादीलाई वा समाजवादीलाई भोट हाल्दैन कि भन्ने द्धविधा नरहेकोले एकअर्कालाई भोट हाल्दैन कि भन्ने शंका गरिरहनुनपर्ने बताएका छन । स्थानीय निर्वाचनमा केहि ठाँउमा ब्यवस्थापन गर्न नसक्दा वडा वडामा जितहार भएको उल्लेख गर्दै उनले भने- ‘स्थानीय निर्वाचनमा भएको कमिकमजोरीलाई सुधार गर्दै अगामी निर्वाचनमा गठबन्धन...