मनहरी बजारमा मंसिर १ गते लोकतान्त्रिक बाम गठबन्धनको बृहत आमसभा हुने

कार्तिक, हेटौंडा (मनहरी) – मकवानपुरको क्षेत्र नम्बर २ ‘ख’ मा लोकतान्त्रिक बाम गठबन्धनले मंसिर १ गते क्षेत्रीय स्तरको आमसभा गर्ने तयारी गरेको छ । मनहरी बजारमा हुने आमसभामा मकवानपुर २ (ख) प्रदेश क्षेत्रका गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) का सभापति एवम् गठबन्धनका तर्फबाट निर्वाचन परिचालन समितिका संयोजक रन्जन कालाखेतीले निर्वाचन प्रचारप्रसारको अन्तिम दिन मंसिर १ गते मनहरीमा बृहत आमसभाको आयोजना गरिएको जानकारी दिँदै सभामा प्रदेश क्षेत्रका ३० वटै वडाबाट गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता...