अखिल क्रान्तिकारी मकवानपुरको प्रमाणपत्र बितरण

हेटौंडा । २७ असार/ अखिल नेपाल स्वतन्त्र बिद्यार्थी संगठन (क्रान्तिकारी) मकवानपुरको २३ औं सम्मेलनबाट नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार नेकपा माओवादी केन्द्रको जिल्ला पाटी कार्यलयमा भएको एक कार्यक्रममा गत असार १४ गतेको सम्मेलनबाट निर्विरोध जिल्ला कमिटीका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र बितरण पश्चात जिल्ला समितिको प्रथम बैठक समेत सम्पन्न भएको छ । प्रमाणपत्र वितरण तथा बैठक कार्यक्रम नेकपा माओवादी केन्द्रका मकवानपुर जिल्ला संयोजक भीम पाख्रिनको प्रमुख आतिथ्यतामा भएको थियो । जिल्ला अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षतामा भएको बैठकले संगठनको नियमित गतिविधि र...