निर्वाचनमा निष्पक्ष पत्रकारिता आवश्यक – मिडिया एक्सन

असोज, हेटौंडा – पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय मिडिया एक्सन नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जाेड दिएकाे छ । निर्वाचनमा हुन सक्ने सही र गलत पक्षलाई पत्रकारहरूले निष्पक्ष ढंगबाट समाचारका रूपमा सम्प्रेषण गर्नुपर्ने मिडिया एक्सनले जनाएकाे हाे । मिडिया एक्सन नेपालले हेटौंडामा पत्रकारको लागि एक दिने कार्याशाला गोष्ठी आयोजना गर्दै निर्वाचनका क्रममा पत्रकारहरूले लेख्न हुने र नहुने सम्बन्धमा जानकारी दिएकाे थियाे । मिडिया एक्सन नेपालले पत्रकारहरुको लागि नेपालमा निर्वाचनको निष्पक्ष मिडिया कभरेजलाई प्रवर्द्धन गर्न संवेदनशीलता, मार्गदर्शन र फेलोसिपको माध्यमबाट पत्रकारहरूको व्यावसायिक क्षमतालाई सुदृढ...