राष्ट्रपतिको सवारीमा दुई सय उडान प्रभावित

काठमाडौं – राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनुमा काठमाडौंवासीको लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाश समेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तराष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भएका छन् । राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो । यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौँसम्म विमानस्थलको कुर्नुप-यो । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।