मकवानपुरका १२ सहकारी एक मर्ज हुने, चुक्ता पुँजी सवा अर्ब

हेटौंडा – मकवानपुरमा पहिलो पटक ठूलो संख्यामा सहकारी मर्ज हुन लागेका छन् । समान उद्देश्य भएका सहकारीहरु मर्ज गर्दै सहकारीमा दोहोरो सदस्य प्रणाली हटाउने सरकारको उद्देश्यलाई सफल बनाउन मकवानपुरका १२ वटा सहकारी एक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बचत तथा ऋण सम्बन्धी कारोबार गर्ने महिलाले चलाएका सहकारीहरु मर्ज गर्ने प्रक्रियामा सहकारी अभियन्ताहरु जुटेका छन् । मकवानपुर बचत तथा ऋण सहकारी संघ मकवानपुरकै पहलमा १२ वटा सहकारी एक हुन लागेका हुन् । मकवानपुरको भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ , १३ ,१४, १५ र...