तिन नम्बर प्रदेशमा करको दर र दायरा बढाइँदै

हेटौंडा– तिन नम्बर प्रदेश ले आगामी आर्थिक वर्षमा करको दर र दायरा दुवै बढाउने नीति लिएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आइतबार प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्षको बर्षको बजेटमा राजस्व परिचालनको नीतिमा करका दरहरुलाई समय सापेक्ष बनाउँदै कर प्रणालीलाई थप प्रगतिशील र समन्यायिक बनाउने उल्लेख छ । कर प्रशासनलाई व्यावसायिक, दक्ष, सुदृढ एवम् करदातामैत्री बनाई प्रक्रियागत सरलीकरण र सूचना प्रविधिको प्रयोग बढाई कर सहभागिता अभिवृद्धि गर्ने नीति लिइएको छ । आगामी वर्ष संकलन हुने करको दरमा सामान्य संशोधनको लागि प्रस्ताव गरिएको आर्थिक मामिला तथा योजना...