‘हिमाली आँधी’ को कारण पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको निष्कर्ष

काठमाडौं – पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनाको मूख्य कारण ‘हिमाली आँधि’ ठहर गरिएको छ । गत १५ फागुन २०७५ मा ताप्लेजुङको पाथिभराबाट काठमाडौंका लागि उड्ने क्रममा एयर डाइनेस्टीको ‘९एन–एएमआई–एसएस३५० बी ३ इ’ हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनापछि सरकारद्वारा गठित छानविन आयोगले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा समक्ष प्रारम्भिक प्रतिवेदन पेश गरेको छ । मन्त्रालयका अनुसार प्रतिवेदनमा दुर्घटनाको मूख्य कारण खराब मौसम मानिएको हो । प्रतिवेदन अनुसार मन्त्री सवार हेलिकोप्टर पाथिभरामा ओर्लिएपछि मौसम झनै बिग्रिएको थियो । हेलिकोप्टर उडेको १ मिनेटभित्रै...