दुहुना भैंसी पाल्ने किसानलाई एक लाख अनुदान

साउन ३, चितवन – चितवनको इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रु एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम अनुसार उक्त रकम वितरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । साथैँ गाउँपालिकाले बिहीबार नै युवा लक्षित व्यावसायिक तरकारी तथा फलफूल खेतीतर्फ आठलाई जनही रु एक...