सुन अहिले सम्मकै उच्च मूल्य, बिक्री कम हुन थालेपछि व्यवसायीहरु मारमा

साउन २१, हेटौडा – नेपाली बजारमा सुन अहिले सम्म कै उच्च मूल्यमा भएको छ । नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । उच्च भाउका कारण सुनचाँदीको बिक्री हुन नै छाडेको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् । पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ६७ हजार ८ सय र तेजावी सुन ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारको तुलनामा सोमबार छापावाल...