नेपालबाटै स्याटेलाइटले खिचेका तस्बिर हेर्न सकिने

भदौ २७, काठमाण्डौ – नेपाली स्याटेलाइट प्रक्षेपण भएको पाँच महिनापछि ग्राउण्ड स्टेशन निर्माण भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ‘नास्ट’ले न्यानो स्याटेलाइट प्रक्षेपण गरेको पाँच महिनापछि ललितपुरको खुमलटारमा रहेको नास्ट परिसरमा ग्राउण्ड स्टेशन निर्माण गरिएको हो । नास्टका प्रविधि प्रमुख रवीन्द्र ढकालले ग्राउण्ड स्टेशन निर्माण गरेर सबै प्राविधिक काम सकिएको बताउनुभयो । तर नेपाली स्याटेलाइटसँग सम्पर्क स्थापित हुन नसकेका कारण तथ्यांक लिन अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । ग्राउण्ड स्टेशनको एन्टेना स्याटेलाइट घुमेको दिशातिर घुम्नुपर्ने भए पनि त्यो घुम्न नसकेकाले स्याटेलाइटलसँग सम्पर्क हुन नसकेको हो...