गृहमन्त्री लामिछानेविरुद्वको मुद्दाको पेशी २२ गते

पुष, काठमाडौं – गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै परेको रिट माथिको सुनुवाई पुस २२ गते हुने भएको छ । लामिछानेको नागरिकता र पासपोर्टका सन्दर्भमा विवाद रहेकाले उनी सांसद बन्न अयोग्य रहेका भन्दै प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन माग गर्दै रविराज बसौला लगायतले रिट दायर गरेका थिए । उक्त मुद्दामा गत बुधबार संवैधानिक इजलासले पुस ६ गते विपक्षीहरुलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।